नियम
खनिज पदार्थसम्बन्धी खनिज कार्यको स्तर

(१) यस नियमावलीको प्रयोजनको लागि दैनिक उत्पादनको आधारमा धातु तथा अधातु खनिज पदार्थ सम्बन्धी खनिज कार्यलाई देहाय
बमोजिमको स्तरमा विभाजन गरिएकोछ ः-
(क) अति साना स्तर,
(ख) साना स्तर,
(ग) मझौला स्तर,
(घ) ठूला स्तर ।
(२) उपनियम (१) मा उल्लिखित खनिज पदार्थ सम्बन्धी खनिज कार्यको स्तर अनुसूची –२ बमोजिम हुनेछ ।